धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ पारित गरेको छ । बिहीबार बिहान साढे १० बजे बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पास गरेको मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।
मन्त्रिपरिषदले अध्यादेश पास गरेपछि प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ । प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणिकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानुन बन्नेछ भने आजैबाट प्रदेशभरी रोकिएको कर संकलनको कार्य सुचारु हुनेछ ।



