२३ साउन, काठमाडौं । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० दोलालघाटकी कान्छीमाया तामाङलाई खोज्दै एक दिन ‘विन नेपाल लघुवित्त’ का कर्मचारी आए ।
‘तपाईंले लघुवित्तबाट ५ लाख रुपैयाँ ऋण लिनुभएको रहेछ किन नतिर्नुभएको ?’ भनेर ती कर्मचारीले भनेपछि तामाङ छाँगाबाट खसे झैं भइन् ।



