काठमाडौं : बंगलादेशको सेयर बजारमा बुधबार पनि वृद्धि देखिएको छ । त्यहाँको प्रमुख ढाका स्टक एक्सचेन्जको बेन्चमार्क ‘डीएसइएक्स’ सूचकांक यो समाचार तयार पार्दै गर्दा (१ बजेर ११ मिनेट)मा २.६० प्रतिशर बढेको छ । सूचक ११२ अंकले बढेर ५५३८ विन्दुमा पुगेको छ । यता, ‘डीएस ३०’ इन्डेक्स पनि २.७७ प्रतिशत बढेको ढाका स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार बजार ५२२९ विन्दुबाट बढेर ५४२६ विन्दुसम्म पुगेको थियो । पछिल्लो समय निरन्तर घटेको बजारले २ दिन भने बढेको छ । बंगलादेशको राजनीतिक घटनाका कारण बजारमा उतराचढाव देखिएको जनाइएको छ । शेख हसिना र सरकारबाट उनको मन्त्रिपरिषद्को पतनपछि आज लगातार दोस्रो दिन पनि बजार बढेको द डेली स्टरले जनाएको छ ।





