जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकलाई निर्देशन


  • Himalayan Bank Limited (HBL)
जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकलाई निर्देशन

नेपाल राष्ट्र बैंकले देशैभरि  शाखा कार्यालयको सञ्जाल भएका सरकारी वित्त कारोबार गर्ने वाणिज्य बैंकहरुलाई राजस्व संकलनमा सहयोग गर्न निर्देशन गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले जरिवाना बापत तिर्ने ५ हजार रुपैयाँ संकलन गर्न दिएको जिम्मेवारी अनुसार राजस्व संकलन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन गरेको हो । 

Read More