अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री पौडेलले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै हुने बताएका छन् ।
उनले महिला आर्थिक पत्रकार संघ (फेजा) सँग भएको छलफलमा यस्तो बताएका हुन्।साथै उनले कानून सम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुने बताउँदै यसका लागि सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने पनि बताएका छन् ।
उनले भने, ‘सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया यति जटिल (कम्प्लिकेटेड) हुनु हुँदैनथ्यो। म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा ग्रुज्रिएको थियो। अब कानूनसम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति बोर्डको अध्यक्षमा नियुक्ति हुन्छ। यत्ति नै समय भन्ने छैन तर छिटोभन्दा छिटो प्रक्रिया अगाडी बढ्छ।’


