बंगलादेशको शेयर बजारमा साढे ३ वर्षपछिको ऐतिहासिक उछाल, राजनीतिक अस्थिरता कायम रहँदा कसरी बढ्यो शेयर परिसूचक ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बंगलादेशको शेयर बजारमा साढे ३ वर्षपछिको ऐतिहासिक उछाल, राजनीतिक अस्थिरता कायम रहँदा कसरी बढ्यो शेयर परिसूचक ?

एकजना सांसदले संसदमा बोलेको कुरालाई लिएर नेपालको शेयर बजारमा गिरावट आएको विषयले चर्चा पाइरहेकै बेला राजनीतिक अस्थिरतामा फसिरहेको बंगलादेशको शेयर बजारमा भने मंगलबार अनपेक्षितरुपमा उछाल आएको छ । 

जबकी कतिपय विश्लेषकहरु राजनीतिक अस्थिरताको कारण त्यहाँको शेयर बजारमा अझै केही समय सुधार आउन नसक्ने अनुमान गरिरहेका थिए । उनीहरुको अनुमान र विश्लेषण विपरित प्रधानमन्त्री शेख हसिनाको राजीनामासँगै नयाँ सरकार बनेर अर्थतन्त्रले थप गति लिने विश्वासमा लगानीकर्तामा उत्साह छाउँदा बंगलादेशी शेयर बजारमा हरियाली छाएको हो ।

ढाका स्टक एक्सचेन्जको सूचक (डीएसईएक्स) मंगलबार १.७ अंकले अर्थात ३.७७ प्रतिशतले बढेर ५४२६ पुगेको छ । यो साढे ३ वर्षयताकै उच्च हो ।

बंगलादेशी शेयर बजारमा मंगलबार ७५० करोड बंगलादेशी टाका बराबरको कारोबर भएको छ । कारोवार भएका मध्ये ३२८ वटा कम्पनीको शेयर मूल्य बढेको भने ६० वटाको भने घटेको छ । बाँकी ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Read More