खिम्ती-ढल्केबर प्रसारण लाइनको तार खस्दा औद्योगिक क्षेत्रमा विद्युत् कटौती, निर्यातमा पनि समस्या


  • Himalayan Bank Limited (HBL)
खिम्ती-ढल्केबर प्रसारण लाइनको तार खस्दा औद्योगिक क्षेत्रमा विद्युत् कटौती, निर्यातमा पनि समस्या

काठमाडौं । सोमवार रातिदेखि परेको वर्षाका कारण खिम्ती-ढल्केबर लगायतका ठूला प्रसारण लाइनमा समस्या देखिँदा नेपालभित्रका औद्योगिक क्षेत्रमा विद्युत् कटौती भएको छ ।

खिम्ती-ढल्केबर प्रसारण लाइनको तार खसेपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा समस्या भएको हो । विद्युत् कटौतीका कारण वीरगञ्ज, दोहवी, बुटवल लगायत देशका अन्य औद्योगिक क्षेत्रहरू पनि प्रभावित भएका छन् । 'विशेषगरी खिम्ती-ढल्केबर प्रसारण लाइनको एउटा तार खसेपछि आपूर्तिका समस्या भएको छ । हामीले आंशिकरूपमा मात्रै कटौती गरेका छौं,' नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने । घोषका अनुसार मौसममा सुधार आए आजै मर्मत गरि पूर्ण क्षमतामा प्रसारण हुने छ । 

Read More