रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्दै सहकारीसम्बन्धी संसदीय छानबिन समिति


  • Himalayan Bank Limited (HBL)
रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्दै सहकारीसम्बन्धी संसदीय छानबिन समिति

सहकारी संस्थाका बचत ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले २६ जनासँग आवश्यक सोधपुछ गर्ने भएको छ।

समितिका सभापति सूर्य थापाका अनुसार २६ जनासँग समितिले सोधपुछ गर्ने निर्णय गरेको छ।

‘हामीले २६ जनासँग सोधपुछ गर्दैछौं, के-के प्रश्न सोध्ने भनेर तयारसमेत पारिएको छ,’ समितिले अहिलेसम्म गरेका कामकारबाहीबारे मंगलबार जानकारी गराउँदै सभापति थापाले भने, ‘सोधपुछ गर्ने सूचीमा रहेकामध्ये केही विदेश छन् त केही जेलमा पनि छन्।’

तथ्यमा केन्द्रित रहेर समितिले सोधपुछ गर्नेसमेत उनले बताएका छन्। ‘तर मुख्य मानिस बाहिर हुँदा सत्यतथ्य पहिचानमा केही चुनौती भने छन्,’ उनले भने।

Read More