झन् बढ्यो डिजेल–पेट्रोलको आयात


  • Himalayan Bank Limited (HBL)
झन् बढ्यो डिजेल–पेट्रोलको आयात

वीरगन्ज । गत वर्ष डिजेल र पेट्रोलको आयात झन् बढेको पाइएको छ । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भएर आउने डिजेल र पेट्रोल दुवै बस्तुको आयात अघिल्लो आर्थिक वर्षभन्दा पनि बढेको पाइएको हो ।

डिजेल ४३ हजार १४ किलोलिटर र पेट्रोल ५ हजार १२ किलोलिटर बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । जबकि, अघिल्लो आव २०७९–०८० मा नेपालमा कुल १० लाख ४० हजार ५ सय ६ किलोलिटर मात्र डिजेल पैठारी गरिएको थियो । तर, गत आव २०८०–०८१ मा कुल १० लाख ८३ हजार ५ सय २० किलोलिटर डिजेल पैठारी भएको वीरगन्ज भन्सारको तथ्यांकले पुष्टि गरेको छ । यो भनेको गत आवभन्दा ४३ हजार १४ किलोलिटर बढी हो ।

Read More