काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ६४ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको यस कम्पनीले गत वर्ष थोरै नाफा बढाएको हो ।
यस कम्पनीअन्तर्गत प्रवर्द्धित कुल २७० मेगावाट क्षमताका चारओटा जलविद्युत् आयोजनाहरूमध्ये रसुवागढी हाइड्रोपावर अन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।



