जनतालाई ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छः सांसद सिंह


  • Himalayan Bank Limited (HBL)
जनतालाई ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छः सांसद सिंह

प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार सेयर  बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाई थियो ।

सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरूले पनि कडा निगरानी राख्नुपर्ने बताए।

Read More