नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको निधन


  • Himalayan Bank Limited (HBL)
नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको निधन

काठमाडौँ — नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका काफ्लेको सोमबार बिहान १० बजे हेम्स अस्पतालमा निधन भएको हो । पारिवारिक स्रोतअनुसार अनुसार अहिले पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भइरहेको छ ।

राष्ट्र बैंकमा डेपुटी गभर्नरको रूपमा उनले पाँच वर्ष जिम्मेवारी सम्हालेका थिए। पाँच वर्ष कार्यकाल सकेर ०७२ मा काफ्ले राष्ट्र बैंकबाट बाहिरका थिए ।

डा. युवराज खतिवडा गभर्नर रहँदा काफ्ले डेपुटी गभर्नर भएका थिए।

उनको नाम गभर्नरको लागि समेत सिफारिस गरिएको थियो।

Read More