बङ्गलादेशी प्रधानमन्त्री हसिनाले दिइन राजिनामा, पुगिन् दिल्ली: सेनाले अन्तरिम सरकार बनाउने


  • Himalayan Bank Limited (HBL)
बङ्गलादेशी प्रधानमन्त्री हसिनाले दिइन राजिनामा, पुगिन् दिल्ली: सेनाले अन्तरिम सरकार बनाउने

ढाका । बङ्गलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र देश सञ्चालनका लागि अन्तरिम सरकार गठन हुने बताएका छन् । शेख हसिनाको राजीनामापछि अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै बङ्गलादेशका सेना प्रमुखले सो कुरा बताएका हुन् । 

एएफपीका अनुसार जनरलले भने, 'म पूर्ण जिम्मेवारी लिइरहेको छु । 'देशले धेरै दुःख भोगेको छ, अर्थतन्त्रप्रभावित भएको छ, धेरै मानिसको ज्यान गएको छ, यो हिंसा रोक्ने समय हो,' उनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। 'मलाई आशा छ कि मेरो भाषण पछि, स्थिति सुधार हुनेछ। उनले अन्तरिम सरकार गठनका लागि राष्ट्रपतिसँग कुरा गर्ने र प्रमुख विपक्षी दल र नागरिक समाजका सदस्यसँग वार्ता गरेको तर हसिनाको अवामी लिगसँग वार्ता नगरेको बताए । 

Read More