काठमाडौं : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए।
महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस–एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले बढिभन्दा बढि जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने र त्यही अनुसार बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।





