अमेरिकी बजारमा आर्थिक मन्दीको आशंका, विश्व शेयर बजार राताम्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिकी बजारमा आर्थिक मन्दीको आशंका, विश्व शेयर बजार राताम्य

आर्थिक मन्दी फेरि शुरु हुन लागेको आशंकाका बीच अगस्ट १ यतादेखि अमेरिकी बजार निरन्तर घटिरहेको छ ।

अमेरिकामा उत्पादन डाटामा कमी आएको छ जसले आर्थिक मन्दीको संकेत दिएको छ । यसका अतिरिक्त त्यहाँ बेरोजगारी दरपनि अत्यधिक बढेको छ । प्रविधि क्षेत्रका धेरै कर्मचारी कटौती हुन लागेको खबर सार्वजनिक भइरहेको छ, जसले ग्लोबल प्रविधि क्षेत्रमा दबाब सृजना भएको छ । यस्ता कारणले गर्दा सोमबारको बिहानी कारोबारमा डाउ जोन्स १.२८ प्रतिशतले घटेर ३९.७६ विन्दुमा बन्दमा कारोबार भइरहेको छ । 

यसैगरी, नास्डाक ५.४६ प्रतिशतले घटेर १७ हजार ५९३.५० विन्दुमा कारोबार भइरहेको छ । त्यस्तै, एसएण्डपी ५००मा २.७४ प्रतिशतले घटेर ५ हजार २३१ विन्दुमा कारोबार भइरहेको छ ।

Read More