काठमाडौं : जापानको सेयर बजार १२ प्रतिशतले घटेको छ । जापानको ‘निक्के २२५’ सेयर सूचकांक सोमबार १२ प्रतिशत भन्दा धेरैले घटेको छ । अमेरिकामा मन्दीको खतरा बढेपछि सेयर बजारमा अत्यधिक बिक्री चापको असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आजको गिरावट सन् १९८७ यताकै उच्च रहेको ‘अल जजीराले जनाएको छ । मार्केट क्य्रास हुँदा कारोबार हल्ट भएको इन्भेष्टिङडट कमले जनाएको छ ।





