गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँको सेयर खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई सोमबार नियुक्त गरेको हो ।





