काठमाडौं : भारतको सरकारी स्वामित्वको सबैभन्दा ठूलो बैंक ‘स्टेट बैंक अफ इन्डिया (एसबीआई)’ ले २०२४-२५ को पहिलो त्रैमाससम्म १७ हजार ३५ करोड भारतिय रुपैयाँ अर्थात, १ खर्ब ७० अर्ब ३५ करोड (भारु) खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ०.८९ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा यस बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५.७१ प्रतिशत बढेर ४ खर्ब ११ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २ खर्ब ६४ अर्ब ४९ करोड पुगेको छ । उक्त नाफा ४.५५ प्रतिशत बढेको हो । जसकारण खुद नाफामा पनि सामान्य वृदधि देखिएको छ । यस बैंकको नन पफर्मिङ एसेट (एनपीए) २.२१ प्रतिशत कायम भएको छ ।


