नेपालगन्ज भन्सारबाट १ वर्षमा ७० अर्ब रुपैयाँको आयात, साढे २ अर्बको निर्यात


  • Himalayan Bank Limited (HBL)
नेपालगन्ज भन्सारबाट १ वर्षमा ७० अर्ब रुपैयाँको आयात, साढे २ अर्बको निर्यात

नेपालगन्ज — नेपालगन्ज भन्सारबाट मात्रै गत आर्थिक वर्ष ७० अर्ब २१ करोड ४९ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८४ हजार रूपैयाँबराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

बाँकेमा एकीकृत भन्सार जाँच चौकी निर्माण भई सुचारु भएपछि निर्यात र आयातमा सहज भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रूपैयाँ बढी वैदेशिक व्यापार भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।

Read More