शेयर बजार रफ्तारमा बढेपछि बैंकमा डिम्याट खाता खोल्नेको ओइरो


  • Himalayan Bank Limited (HBL)
शेयर बजार रफ्तारमा बढेपछि बैंकमा डिम्याट खाता खोल्नेको ओइरो

दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा(एमाले) को संयुक्त सरकार गठनपछि उकालो लागेको शेयर बजार तिब्र रफ्तारमा अगाडी बढ्दा डिम्याट खाता खोल्नेको ओइरो लागेको छ। केहि दिनअघि एक दुईवटा मात्र खाता खुल्ने गरेकोमा पछिल्लो एक महिनामा दिनमै तीन/चार दर्जन डिम्याट खाता खुलेको सम्बन्धित् बैंकहरुले जनाएका छन्। 

काठमाडौंस्थित एक कमर्शियल बैंकका शाखा प्रमुखले भने "अहिले बैंकका शाखाहरुमा डिम्याट खाता खोल्नेको ओइरो लागेको छ। हिजोका दिनमा फाट्टफुट्ट मान्छे आएपनि अहिले दिनमा ३०-४० जना नै डिम्याट खाता  खोल्न आएकाले बैकमा डिम्याट खाता खोल्नेको भिड लागेको हो।"

Read More