अछाम : महालेखा परीक्षकको प्रतिवेदन अनुसार अछामका दश पालिकाको बेरुजु दुई अर्बभन्दा बढिरहेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्म अछामका पालिकाको बेरुजु दुई अर्ब २ करोड ६५ लाख २० हजार रहेकोे छ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/८० को ६१औं वार्षिक प्रतिवेदनमार्फत अछामका १०पालिकाको बेरुजु २६ करोड ४८ लाख २७ हजार रहेको देखाएको छ। प्रतिवेदनअनुसार जिल्लाको १०पालिकाको १४ अर्ब ४० करोड ७० लाख ३१ हजार लेखा परीक्षण गरिएकोमा उक्त रकम बेरुजु रहेको छ। अछामका सबै भन्दा बढी बेरुजु ढकारी गाउँपालिकाको रहेको छ। ढकारीको ६ करोड ४७ लाख ७४ हजार बेरुजु रहेको उल्लेख गरेको छ। सबैभन्दा कम पञ्चदेवल विनायक नगरपालिकाको ७५ लाख ५९ हजार र बान्नीगढी जयगढ गाउँपालिकाको एक करोड ३१ लाख ५१ हजार बेरुजु रहेको छ।



