काठमाडौँ — बजेटका व्यवस्थाले अर्थतन्त्रको गाँठो फुकाउन नसक्ने अनुमान भइरहेका बेला राष्ट्र बैंकले अपेक्षाभन्दा बढी खुकुलो मौद्रिक नीति सार्वजनिक गर्यो । कठोर नीतिका कारण समग्र अर्थतन्त्रमा शिथिलता ल्याएको आरोप खेप्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमार्फत सबैलाई रिझाएको मतहरू पनि आइरहेका छन् ।
यस वर्ष १२.५ प्रतिशत कर्जा विस्तारका लक्ष्य राखेको राष्ट्र बैंकले ऋणी र बैंक दुवैका लागि लचक नीति ल्याएको छ । पाँचवर्षे कार्यकालको अधिकांश समय कठोर गभर्नरका रूपमा परिचित अधिकारी यस वर्ष किन पग्लिए ?


