शुक्रबार डेनिस ब्रुअर कार्ल्सबर्गले खेतान समूहको सेयर खरिद गर्न लागेको जानकारी दिएको छ।
काल्सबर्गको वेबसाइटमा कम्पनीले यससम्बन्धी जानकारी सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक भएको सम्झौता अनुसार कार्ल्सबर्ग साउथ एसिया पिटिइ लि.को गोरखा ब्रुअरी प्रालिमा हाल रहेको ९० प्रतिशत सेयर स्वामित्व बढेर ९९.९४ प्रतिशत पुग्ने भएको छ।
हाल कार्ल्सबर्ग इण्डिया पिटिइ लि.मा भारतको शत प्रतिशत लगानी छ। गोरखा ब्रुअरी प्रालिमा लगानी भएसँगै कार्ल्सबर्ग साउथ एसिया पिटिइ लिले यहाँको ९९.९४ प्रतिशत व्यवसाय आफू मातहत आउने उल्लेख गरेको छ।



