मौद्रिक नीतिबारे बहालवाला अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबिच छेडछाड


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीतिबारे बहालवाला अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबिच छेडछाड

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई लिएर वर्तमान अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छेडछाड चलेको छ ।  सत्तारुढ दल भएपनि नेकपा एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतबिच छेडछाड चलेको हो ।

समितिमा पूर्वअर्थमन्त्री डा.महतले सरकारले अस्वाभाविक रूपमा नेपाल राष्ट्र बैंक र गभर्नरमाथि दबाब दिएर चाहिने भन्दा बढी खुकुलो मौद्रिक नीति ल्याएको टिप्पणी गरे । मुलुकको अर्थतन्त्र खुला छाड्नेगरी सुधार अझैं भइनसकेको अवस्थामा नेपाल राष्ट्र बैंकले सबै लगानीका ढोका खोल्ने गरी खुकुलो मौद्रिक नीति लिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यसले अर्को वित्तीय अराजकता ल्याउनसक्ने खतरा बढाएको औँल्याए ।

Read More