सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन अर्थमन्त्रीको निर्देशन, अरुको लहै-लहैमा नपरी लगानी गर्न आग्रह


  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन अर्थमन्त्रीको निर्देशन, अरुको लहै-लहैमा नपरी लगानी गर्न आग्रह

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा मन्त्री पौडेलले सेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् । 

मन्त्री पौडेलले भने, ‘सेयर बढ्नु र मौद्रिक नीतिमा ट्युनिङ मिलेको भन्ने कुरा आएको छ । गलत अर्थमा हस्तक्षेप वा निर्देशन गर्न होइन, सहजीकरण गर्न ट्युनिङ मिलाउनुपर्छ । किनकि अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध स्वभावैले रहनुपर्छ । विदेशी अभ्यासलाई हेरेर पनि लचिलो मौद्रिक नीति आएको हो ।’ 

Read More