प्रभु बैंकका एक कर्मचारीमाथि एक कराेड भन्दा बढी रूपैयाँ अपचलन गरेकाे आरोप


  • Himalayan Bank Limited (HBL)
प्रभु बैंकका एक कर्मचारीमाथि एक कराेड भन्दा बढी रूपैयाँ अपचलन गरेकाे आरोप

प्रभु बैंकका एक कर्मचारीमाथि एक कराेड भन्दा बढी रूपैयाँ अपचलन गरेकाे आरोप लागेको छ ।झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखाका कर्मचारी प्रमोद सिटौलाले ग्राहकको रकम हिनामिना गरेको आरोप लागेको हाे। 

 

बैंककी ग्राहक मञ्जु नेपालकाे एक करोड १७ लाख रुपैयाँ अपचलन गरेकाे बताइएकाे छ । नेपालले आफ्नो खातामा फिक्स डिपोजिटमा रकम संकलन गरेकी थिइन्। बिर्तामोडकी नेपालले विभिन्न समयमा र कैयाैं पटक गरी प्रभु बैङ्कको बिर्तामोड शाखामा उक्त रकम जम्मा गरेकी थिइन् ।

तर रकम जम्मा गरेकाे ६ महिनापछि जब नेपाल खातामा रहेकाै पैसा जाँच गर्न बैंक गइन्, उनी छाँगाबाट खसेझैं भइन् । साे समयमा, नेपालकाे खातामा जम्मा २ लाख रूपैयाँ मात्र देखिएकाे थियाे ।

बैंकका मार्केटिङ म्यानेजर रहेका चन्द्रगढी निवासी सिटौलाले साेहि रकमबाट एक करोड १७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले रकम अपचलन भएको जानकारी दिएकी हुन् ।

नेपालका अनुसार सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेर आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् ।

Read More