काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेजीमा मौनता साँधेको छ । आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितोकर्जाको यसअघिको व्यवस्था ‘व्यक्तिगततर्फको १५ करोडको सीमा’ यथावत् राख्दै ‘संस्थागततर्फको २० करोड सीमा’ खारेज गर्ने निर्णय गरेको थियो ।
मौद्रिक नीतिले लिएको अन्य महत्त्वपूर्ण औजारहरू कार्यान्वयन गर्न केन्द्रीय बैंकले निर्देशन (सर्कुलर) जारी गरे पनि सेयर धितोकर्जासम्बन्धी निर्देशन भने हालसम्म जारी गरेको छैन । यसले पुँजी बजारमा संशय सिर्जना गरेको छ ।





