काठमाडौं । पछिल्लो समय शेयर बजार निरन्तर रुपमा बढेको छ । असार १७ गतेतिा नेप्से केही दिनको करेक्सन बाहेक निरन्तर बढेको छ । विगत तीन वर्षदेखि घटेको बजार एक महीना अवधिमा ३४ दशलमव २० प्रतिशत वृद्धि भएको छ । असार १७ गते नेप्से परिसूचक २ हजार ५३ दशमलव ३८ विन्दुमा रहेकोमा साउन १७ गते हिजो बिहीवार २ हजार ७५५ दशमलव ६२ विन्दुमा पुगेको छ । हिजो नेप्सेले इन्ट्राडेमा २ हजार ८०५ दशमलव ५७ विन्दुसम्म पुगेको थियो ।
बिहीवारकै बजारलाई हेर्दा पनि शेयर बजारले नयाँ–नयाँ उचाई तय गर्ने क्रम जारी राखेको देखिन्छ । बुधवार अहिलेसम्मकै उच्च कारोबार गरेर रेकर्ड कायम गरेको नेप्सेले आज फेरि इन्ट्रा डे मा २८ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सफल भयो ।
जब नयाँ सरकार गठन भयो अनि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको हो । त्यसपछि चालू आवको मौद्रिक निति मार्फत संस्थागत लगानीकर्ताका कर्जामा २० करोड क्याप हटाएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन् ।





