१ वर्षमा डिम्याट खाता खोल्नेको संख्या साढे ५ लाखले बढ्यो


  • Himalayan Bank Limited (HBL)
१ वर्षमा डिम्याट खाता खोल्नेको संख्या साढे ५ लाखले बढ्यो

काठमाडौँ । सेयर बजार बढ्न थालेसँगै डिम्याट खाता खोल्नेहरु पनि बढेका छन् । झण्डै तीन वर्ष लामो बियरिसपछि बढ्न थालेको बजारमा नयाँ डिम्याट खाता खोल्नेहरु पनि बढेका हुन् । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार पछिल्लो १ वर्षमा मात्रै ५ लाख ७१ हजार डिम्याट खाता खुलेका छन् । 

सीडीएससीका अनुसार गत वर्ष २०८० असार मसान्तसम्म डिम्याट खोल्नेको संख्या ५७ लाख ३९ हजार ९ सय ७३ जना रहेको थियो । तर, २०८१ असार मसान्तसम्म आइपुग्दा यो सख्ंया बढेर ६३ लाख ११ हजार ७ सय ५ पुगेको छ । अर्थात पछिल्लो १ वर्षमा मात्रै डिम्याट खाता खोल्नेको संख्या ९.३० प्रतिशतले बढेको छ । 

Read More