बागलुङ — पर्वतको कुश्मामा रहेको तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ २९ करोड रुपैयाँ ठगी गरेर एक वर्षदेखि फरार छन् । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न पीडितले ८ महिनादेखि माग गरिरहेका छन् ।
श्रेष्ठ रकम हिनामिना गरी विदेश भागेको बचतकर्ताको भनाइ छ । उनी भागेपछि सहकारीले उनकै आफन्तलाई लगानी गरेको २ करोड १० लाखसमेत उठेको छैन । उक्त ऋण उठाउन प्रशासनले साथ नदिएको बचतकर्ताको गुनासो छ ।


