सुर्खेत । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए ।
ती सहकारीको सेयर पुँजी रु एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ । रु ११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा रु ७१ करोड ४२ लाख ६८ हजार रहेको उनले बताए ।



