चितवन ट्राफिकले उठायो ३ करोडभन्दा बढी राजस्व


  • Himalayan Bank Limited (HBL)
चितवन ट्राफिकले उठायो ३ करोडभन्दा बढी राजस्व

चितवन। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले एक वर्षमा ३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ मा ३ करोड ७ लाख ६७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको हो । सो अवधिमा ४१ हजार ९९८ ओटा सवारीसाधन कारबाहीमा परेका थिए ।

कार्यालयले अघिल्लो आवमा ३ करोड ४५ लाख ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त आवमा ४० हजार ६६४ ओटा सवारीसाधन कारबाहीमा परेको कार्यालयले जानकारी दिएको छ ।

Read More