काठमाडौँ। हाम्रो दुखको कमाई छिटो फिर्ता दिलाई दे ए सरकार,
सहकारीले दुखको कमाई लुटिदिँदा , जिन्दगी नै अँध्यारो भयो ,
ओखती र खाना खान नपाएर बाच्न साह्रै गाह्रो भयो
माथि उल्लेखित नारा सहित काठमाडौँको रत्नपार्कमा सहकारी पीडितले फेरि प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरे आरोप सहित पीडितहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ९महासंघ०को नेतृत्वमा भएको प्रदर्शनमा सरकारले आफूहरूको भावना माथि खेलवाद गरेर आन्दोलनलाई कमजोर बनाउने बाहेक केही गर्न नसकेको बताएका छन् ।



