साउन लागेयता बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलन घटेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३० अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १४ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा साउन १५ गते ६४ खर्ब ३० अर्ब संकलन भएको छ। राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा एक दिनमा ४ अर्बले निक्षेप संकलन घटेको छ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि ३ अर्बले घटेको छ। असार १४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १५ गते भने ५७ खर्ब निक्षेप संकलन गरेका छन्।


