एकै शीर्षकमा लिइने तेहेरो कर हटाउन उद्योगीहरूको माग


  • Himalayan Bank Limited (HBL)
एकै शीर्षकमा लिइने तेहेरो कर हटाउन उद्योगीहरूको माग

विराटनगरका उद्योगी-व्यवसायीहरूले मालवाहक सवारी साधनहरूमा तीनवटै सरकारका नाममा दोहोरो-तेहेरो कर असुली भइरहेको भन्दै कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

निजी क्षेत्रका तीनवटा संस्थाका प्रतिनिधिहरूले बुधबार विराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै दोहोरो कर असुली न्यायोचित  र व्यावहारिक नहुने बताउँदै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य गर्न माग गरेका हुन्।

नेपाल उद्योग परिसंघ केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानासहित निजी क्षेत्रका अगुवाहरूले ज्ञापन पत्र बुझाउँदै औद्योगिक वातावरण राम्रो बनाउन समेत माग गरेका छन्।

Read More