सेबीले भारतको धितोपत्र बजारमा सञ्चालनमा ल्यायो एआईको प्रयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेबीले भारतको धितोपत्र बजारमा सञ्चालनमा ल्यायो एआईको प्रयोग

भारतको धितोपत्र बजारमा एआई च्याटबुट सञ्चालनमा आएको छ ।त्यहाँको बजार नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले एआई च्याटबट सञ्चालनमा ल्याएको हो ।

यससँगै अब शेयरबजारसँग सम्बन्धित प्रश्नहरुको जवाफ एआईले दिनेछ । च्याटबटले बिटा संस्करणमा स्रोत खुलाएर उत्तर दिने बताइएको छ ।च्याटबटले लिखित शब्दलाई अडियोमा र अडियोलाई लिखित शब्दमा पनि उल्था गरेर उत्तर दिनेछ । सेबीले च्याटबटमा थप नयाँ फिचरहरु थपिंदै जाने पनि बताएको छ ।

Read More