निर्माण व्यवसायीलाई कर्जा तिर्ने समय ५ महीना थप


  • Himalayan Bank Limited (HBL)
निर्माण व्यवसायीलाई कर्जा तिर्ने समय ५ महीना थप

काठमाडौं । आर्थिक गतिविधि शिथिल हुँदा सबैभन्दा बढी प्रभावित भएका निर्माण व्यवसायीले बैंकको कर्जा तिर्नका लागि ५ महीना थप समय पाएका छन् । 

चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्नका लागि बुधवार निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायले २०८१ असारसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज रकम तिर्नका लागि २०८१ मङ्सिरसम्म समय थप गर्न बैंकहरूलाई निर्देशन दिएको हो । तर, यसरी उठाउनुपर्ने ब्याजलाई पूँजीकरण गर्न र पेनाल ब्याज, हर्जाना लगाउने नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, छूट पाउने अवधिभित्र कर्जाको साँवाब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन सक्ने निर्देशनमा उल्लेख छ । 

आर्थिक गतिविधिमा आएको शिथिलतासँगै निर्माण व्यवसाय नकारात्मक भएपछि व्यवसायीलाई राहत दिन भन्दै मौद्रिक नीतिमार्फत सहुलियत घोषणा गरिएको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा निर्माण क्षेत्रको वृद्धिदर २ दशमलव शून्य ७ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरिसकेको छ । 

Read More