एक करोड १७ लाख अपचलन गरी मेनेजर फरार


  • Himalayan Bank Limited (HBL)
एक करोड १७ लाख अपचलन गरी मेनेजर फरार

बिर्तामोड, साउन १७ गते । एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएकाे छ ।

बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती  मन्जु नेपालका नाममा रहेको  प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपियाँ गायब गरिएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताउनुभयो ।

Read More