रेमिट्यान्समा डिजिटल प्रविधिको प्रयोग बढ्दो


  • Himalayan Bank Limited (HBL)
रेमिट्यान्समा डिजिटल प्रविधिको प्रयोग बढ्दो

साउदी : विश्वव्यापी रूपमा प्रविधिको विकाससँगै मौलाएको डिजिटल रेमिट्यान्सको प्रभाव साउदी अरबमा निकै नै बढ्दै गएको छ । साउदी अरबबाट रेमिट्यान्स गर्दा विभिन्न किसिमका वालेट कम्पनीहरू, मोबाइल एपहरू, साउदीस्थित टेलिकम प्रोभाइडर, फिन्टेक कम्पनीहरू र स्थानीय बैंकहरूले विभिन्न देशका नागरिकलाई लक्षित गरेर रकमान्तरको लागि डिजिटल रेमिट्यान्सको सेवालाई दिनप्रतिदिन बढाउँदै लगेका छन् । 

डिजिटल प्रविधिको प्रयोग गरेर गरिने रेमिट्यान्सबाट सेवाग्राहीको समय बचत हुनुका साथै अझ बढी सुरक्षित र चाहेको बखत रेमिट्यान्स गर्न सकिने र डिजिटल रेमिट्यान्सको प्रभाव र उपयोगिता साउदीको बजारमा बढ्दै गए पनि रोजगारीमा रहेका नेपालीको यसमा आकर्षण भने कमै रहेको छ । ग्लोबल आईएमई बैंकको तर्फबाट जिससी प्रमुखका रूपमा कार्यरत रामबहादुर क्षेत्रीका अनुसार साउदी अरब नेपालमा धेरै रेमिट्यान्स भित्रिने देशमध्येको एक हो । 

Read More