झापा — गत माघ ३ गते झापाका पत्रकार टीकाराम नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गरे ।
मुद्दती खातामा रकम राखेको प्रमाण लिएर ढुक्क भई नेपाल दम्पती छोरा–बुहारी भेट्न अमेरिका उडे । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किए ।
६ महिनाका लागि राखेको रकमको समयावधि सकिन लागेपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगे । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो । त्यो देखेपछि टीकाराम छाँगाबाट खसेझैं भए । ...


