निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे ४१ अर्ब ४० करोड बढीको व्यवसाय


  • Himalayan Bank Limited (HBL)
निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे ४१ अर्ब ४० करोड बढीको व्यवसाय

निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका छन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

Read More