जापानले १७ वर्षको अवधिमा दोस्रो पटक ब्याजदर बढाएपछि सेयर बजारमा पनि वृद्धि


  • Himalayan Bank Limited (HBL)
जापानले १७ वर्षको अवधिमा दोस्रो पटक ब्याजदर बढाएपछि सेयर बजारमा पनि वृद्धि

काठमाडौं : जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएपछि त्यहाँको सेयर बजारमा पनि वृद्धि भएको छ । जापानले बुधबार ब्याजदर बढाएर ०.२५ प्रतिशत पुर्याएको हो । यसअघि भने ब्याजदर ० देखि ०.१ प्रतिशतको सीमामा राखिएको थियो । यससँगै सन् २००८ पछि पहिलो पटक जापानको ब्याजदर ०.१ प्रतिशत माथि पुगेको सीएनबीसीले जनाएको छ ।

जापानले लामो समयको नकारात्मक ब्याजदर नीतिपछि गत मे १९ मा ब्याजदर बढाएको थियो । सन् २००७ पछि पहिलो पटक मे महिनामा ब्याजदर बढाइएको थियो । १७ वर्षको अवधिमा दोस्रो पटक ब्याजदर बढाउँदै बैंक अफ जापानले आगामी महिनाहरु ब्याजदर थप वृद्धि हुने संकेत पनि गरेको छ । अमेरिका लगायत अन्य देशहरुले ब्याजदर कटौतीको तयारी गरिरहँदा जापानले भने ब्याजदर बढाएको हो ।

Read More