सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ।
सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
त्यसयता पहिलो पटक एकैदिन यत्रो रकमको सेयर किनबेच भएको हो।
कारोबारसँगै नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ। लगातार २७ सयको बिन्दु तोड्ने प्रयास गरेको नेप्से परिसूचकले अन्ततः यो विन्दु पार गरेको छ।
मनोवैज्ञानिक रूपमा रहेको यो विन्दुमा यसअघिका तीन दिन लगातार पुग्दै फर्किदै गरेको थियो। बुधबार यो मनोवैज्ञानिक विन्दु पार गरेर नेप्से बजार बन्द हुँदा २७६० को विन्दुमा आइपुगेको छ।





