अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारी सृजना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने स्पष्ट नीति रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानूून, नियम, निर्देशिका तथा निर्णयहरुमा विशेष ध्यान दिने बताए ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले भने, “ घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठूलो संख्यामा रोजगारीका रुपमा यो क्षेत्रमा आवद्ध छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो।”


