गत आर्थिक वर्ष २०८०/०८१ मा जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले अर्थात् १३ अर्ब ९६ करोड २४ रुपैयाँ बढेको छ । यो नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हो ।
गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क संकलन अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत बढि हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।



