काठमाडौं । सरकारले यस वर्षको दशैं र तिहारलाई लक्षित गरेर भारतबाट चिनी ल्याउने प्रक्रिया अघि नबढाउँदा त्यसबेला चिनीको मूल्य आकाशिने सम्भावना बढेको छ ।
मुलत: निजीक्षेत्रले बजारमा चिनी आपूर्ति गर्ने भए पनि सरकारले गर्ने सीमित आपूर्तिले बजारमा मूल्य बढ्न नदिने भूमिका खेल्छ । अहिले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाइरहेको र स्वदेशी उत्पादन घटेकाले मूल्य वृद्धिको सम्भावना बढेको हो । भारतले सन् २०२२ को जुनमा चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अझै कायम छ ।



