स्वास्थ्य बिमाको रकम भुक्तानी ठप्प


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बिमाको रकम भुक्तानी ठप्प

काठमाडौं : सरकारले स्वास्थ्य बिमा लागू भएका सरकारी अस्पतालमा ७ महिनादेखि बाँकी रहेको झन्डै ९ अर्ब रुपैयाँ बक्यौता रहेको छ। समयमै रकम भुक्तानी नगर्दा स्वास्थ्य बिमा आबद्ध सरकारी अस्पतालबाट भइरहेको सेवा प्रवाह प्रभावित हुने जोखिम बढेको छ। 

मुलुकका दुई ठूला सरकारी अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मात्रै झन्डै ७५ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। शिक्षण अस्पताल महाराजगन्जमा ६५ करोडभन्दा बढी छ भने वीर अस्पतालमा १० करोड ६० लाख भुक्तानी नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको छ। शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेका अनुसार गत पुस महिनासम्मको बिमाको आंशिक भुक्तानी भइरहेको थियो। ७ महिनादेखि भुक्तानी ठप्प छ।’ बिमा भुक्तानी बक्यौता रकम भुक्तानीका लागि धाइरहनु परेको गुनासो गर्दै डा. काफ्लेले दुःखेसो पोखे, ‘स्वास्थ्य बिमाको झन्डै ६५ करोड रकम भुक्तानीका लागि कतिञ्जेल धाइरहने ? सेवा प्रवाहमा नै समस्या आउने जस्तो भयो।’

Read More