काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२४’ सम्पन्न भएको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो।



