काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । उनले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरुको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले राजश्वको दर बढाउने नभइ दायरा बिस्तार गर्नुपर्ने बताए । उनले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने बताए । उनले तत्काल करका दरमा हेरफेर गर्न नसकिने भएपनि सक्नेजति सहज बनाइने बताए । उनले शेयर बजार मात्रै नभइ सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । उनले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए ।



