विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक संयुक्त राज्य अमेरिकाको पनि ऋण छ भनेर सुन्दा तपाईलाई आश्चर्य लाग्ला । तर आश्चर्य मान्नु पर्दैन । त्यहाँको सरकारको पनि राष्ट्रिय ऋण ठूलो परिमाणमा छ ।
त्यहाँको संघीय सरकारको कुल सार्वजनिक ऋण पहिलो पटक ३५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । अमेरिकाको ट्रेजरी विभागले सोमबार सार्वजनिक गरेको नयाँ तथ्या.क अनुसार अमेरिकी सरकारको ऋण इतिहासमा पहिलो पटक ३५ ट्रिलियन डलर अर्थात् ३५० खर्ब डलर पुगेको सीएनबीसी ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।यो तथ्यांक हरेक व्यवसायिक दिनको अन्त्यमा अद्यावधिक हुन्छ ।


